पनौती देखि नमोबुद्द सम्म शान्ति पद यात्रा सम्पुर्णमा हार्दिक निमन्त्रणा संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितीको आयोजनामा जिल्ला समन्वय समितीको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न !! जिल्ला समन्वय समिति काभ्रेपलान्चोक र सन्चारिका समुहको संयुक्त आयोजनामा शुभकामना मिति २०८०/०५/१५ गते जिल्ला सभा सम्पन्‍न लम्पि स्किन’रोग सम्बन्धी बिमा कम्पनीहरुसंग छ्लफल पछि गरिएका निर्णयहरु ! विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई नामक अन्तरक्रियात्मक कार्यक्रम पनौती त्रिवेणी नागरिक सरसफाई अभियानको SEE-2079 Outstanding Award Program 2080, PABSON, Kavrepalanchok. नेपाल स्वास्थ्यका लागि पानी (नेवा) कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी सरकारी जागीरबाट अवकाश बिदाइ कार्यक्रम काभ्रेमा लम्पी स्किन बाट पशुलाई कसरी बचाउने भन्ने बिषयमा छ्लफल कार्यक्रम । एरोपोनिक प्रविधि बाट रोग रहित काम लागतमा उन्नत जातको कागती को बिरुवा रोप्ने कार्यक्रम होमस्टे, होटल तथा रिसोर्टका संचालकहरुलाई…………….

काभ्रेमा लम्पी स्किन बाट पशुलाई कसरी बचाउने भन्ने बिषयमा छ्लफल कार्यक्रम ।

तीन तहकै सरकारको प्राथमिकतामा नपरेको पशुपालन व्यवसायमा संलग्न कृषकहरु दिन दिनै सङ्कटमा पर्न थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा पालिकामा पछिल्ला केही महिना भित्र ६ सय ८१ वटा पशुको निधन भएको छ । लम्पी स्किन डिजिजका कारण गाई, गोरु, बाछा बाछी र केही भैसीको समेत निधन भएको छ ।

‘जिल्लामा ३० हजार ७ सय ४३ वटा पशु सङ्क्रमित छन् । जसमध्ये गाई ३० हजार ४ सय ६४ वटा छन् भने भैँसी २ सय ७९ वटा छन’–भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा.निदेश कार्कीले भन्नुभयो–‘प्रभावितको संख्या पनि त्यतिकै छ । ३३ हजार गाई र ३ सय ९९ वटा भैँसी प्रभावित हुँदा ३२ हजार ८ सय पशुमा खोप लगाइएको छ । काभ्रेमा गाई भैँसी  ३ लाख छन् ।’

 

 

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले जिल्लामा फैलिएको लम्पी स्किन रोगबाट सङ्क्रमित पशुहरुको उपचार तथा पीडित कृषकहरुका लागि बिमा दावी भुक्तानीका लागि सहजिकरण गरिएको बताउनुभयो । ‘जिल्लाका १३ वटै पालिकामा फैलिएको लम्पिस्किन रोगबाट पशुहरु सङ्क्रमित भएका छन् । पशुहरु धमाधम मर्न थालेका छन् । कृषकहरुलाई राहत प्रदान गर्न तथा बीमा गरिएका पशुहरुको भुक्तानीका लागि पहल गर्नेछौँ’–समन्वय प्रमुख दिपककुमार गौतमले भन्नुभयो–‘किसानहरुलाई पशुहरुलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामुलक कार्यक्रम संचालन गर्नेछौँ ।’

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लामा पशुहरुको ओसारपसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहात, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि तीन तहकै सरकारको समन्वय र सरोकारवाला निकायहरु सचेत हुनु पर्ने बताउनुभयो । ‘१३ वटै पालिकाका पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकहरुलाई सचेत रहन अनुरोध गर्दर्छाै’– प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘हरेक पालिकाबाट नियमित रिपोर्टिङ गर्न र थप पशुहरु मर्न नदिन खोप र सचेतनाका लागि अनुरोध गरेका छौं ।’

जिल्लाको सबै भन्दा धेरै प्रभावित पशुहरुको संख्या बनेपामा हो । १ सय १८ वटा पशु ६ वटा वडामा मरिसकेका छन् । गाईको मात्रै मृत्यु भएको बनेपा नगरपालिका पशु सेवा शाखाका सहायक पशु विकास अधिकृत रामसुन्दर सापकोटाले बताउनुभयो । ५ हजार गाईमा खोप लगाई सकिएको बताउँदै सापकोटाले ६ हजार १५ वटा पशु संक्रमण भएको जानकारी दिनु भयो ।

प्रभावित पशु संख्या ६२ सय छन् । वडा नम्बर १ देखि ५ सम्म र १० नम्बर वडामा संक्रमण फैलिएको छ । पाँचखालमा १ सय वटा पशु मरेका छन् । धुलिखेलमा ७२ वटा, पनौतीमा २५ वटा, मण्डनदेउपुरमा ६४ वटा, नमोबुद्ध नगरपालिकामा ४१ वटा, तेमाल गाउँपालिकामा ३५ वटा, खानिखोलामा ७९ वटा, बेथान्चोकमा २५ वटा, रोशीमा ३१ वटा, भुम्लुमा २० वटा, चौरीदेउरालीमा ४२ वटा र महाभारतमा २९ वटा पशु मरेका छन् । चौरीदेउराली गाउँपालिकाले १० हजार रुपैयाँ तत्कालका लागि क्षतिपुर्ति दिने निर्णय गरेको छ भने धुलिखेल नगरपालिकाले बाछी खरिदका लागि साझेदारी गर्ने छलफल सुरु गरेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

मृत्यु भएका पशुहरुको क्षतिका लागि तीन तहकै सरकारले कुनै निर्णय गरेका छैनन । बिमा समितिले मृत्यु भएका पशुहरुको बिमा दाबी भुत्तानीका लागि आनाकानी गरिरहेका छन् । सरकारले महामारी घोषणा नगरेकाले बिमा गरेका पशुहरुको भुक्तानी सहज रुपमा दिनु पर्ने डा. निदेश कार्कीले बताउनु भयो । २०७६ सालमा भारतमा देखिएको लम्पिस्किन २०७७ साल साउन ४ गते पनौती नगरपालिकामा भैँसीमा देखिएको थियो । नेपालमा सोही वर्षको असारमा विराटनगरमा देखिएको थियो । २०७८ सालमा नेपालमा कँहि नदेखिएको भए पनि २०७९ सालमा नालामा र २०८० सालको बैशाखमा धुलिखेल २ मा उक्त रोग देखा परेको थियो । रोग देखा पर्ने वितिक्कै संक्रमण नभएका पशुहरुमा खोप लगाउन सुरु गरिएको थियो । खोप लगाइएका पशुहरुमा रोग देखिएको छैन ।

Skip to toolbar