पनौती देखि नमोबुद्द सम्म शान्ति पद यात्रा सम्पुर्णमा हार्दिक निमन्त्रणा संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितीको आयोजनामा जिल्ला समन्वय समितीको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न !! जिल्ला समन्वय समिति काभ्रेपलान्चोक र सन्चारिका समुहको संयुक्त आयोजनामा शुभकामना मिति २०८०/०५/१५ गते जिल्ला सभा सम्पन्‍न लम्पि स्किन’रोग सम्बन्धी बिमा कम्पनीहरुसंग छ्लफल पछि गरिएका निर्णयहरु ! विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई नामक अन्तरक्रियात्मक कार्यक्रम पनौती त्रिवेणी नागरिक सरसफाई अभियानको SEE-2079 Outstanding Award Program 2080, PABSON, Kavrepalanchok. नेपाल स्वास्थ्यका लागि पानी (नेवा) कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी सरकारी जागीरबाट अवकाश बिदाइ कार्यक्रम काभ्रेमा लम्पी स्किन बाट पशुलाई कसरी बचाउने भन्ने बिषयमा छ्लफल कार्यक्रम । एरोपोनिक प्रविधि बाट रोग रहित काम लागतमा उन्नत जातको कागती को बिरुवा रोप्ने कार्यक्रम होमस्टे, होटल तथा रिसोर्टका संचालकहरुलाई…………….

मलमा कालो बजारी गर्नेलाई कारबाही गर्छौं : जिसस प्रमुख गौतम

 

असार सकिन लाग्दा पनि किसानले सहज रुपमा मल नपाएको अबस्था सबैमा विद्यमान छ । मल नपाएर काभ्रेका किसानहरु संघीय कृषि मन्त्रालय सम्म पुगेर जानकारी गराएका थिए।

किसानहरुले बजारमा मल नपाएर स्थानिय जनप्रतिनिधिहरुलाई  गुनासो गरिरहेकाे अबस्थामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाबाट बिचौलिया मार्फत मल बिक्रीवितरण भएको खुलेकाे छ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाका कर्मचारीकाे संलग्नतामा सरस्वती कृषि सहकारी धुलिखेलका अध्यक्ष जित कर्ण श्रेष्ठले कालाे बजारी गरि ३० बाेरा मल ९० हजार रुपैयाँमा पाँचखाल पठाउन लागेको जानकारी पाए पछि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले सकृयता बढाउनु भएको छ ।

कृषि सामाग्री केन्द्रले एक बाेरा मलको सरकारी मूल्य २३७० निर्धारण गरेको छ। श्रेष्ठकाे सहकारीलाई साल्ट ट्रेडिङ काभ्रेलेे नियमानुसार वार्षिक ३७० बाेरा मल उपलब्ध गराउने  सम्झौता रहेको छ ।तर साल्ट ट्रेडिङले उक्त सहकारीलाई १३०७ बाेरा मल दिएको भेटिएको छ।  घटनाको जानकारी प्राप्त भएपश्चात  जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले कालो बजारी गरि मल बेच्ने व्यापारीललाई कार्वाही हुने बताउनुभएको छ।

किसानलाई सहज र समानुपातिक हिसाबले आवश्यकता अनुरुप मल वितरण गर्न भनिरहेका छौ, तर  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड काभ्रे शाखाका कर्मचारी र व्यापारीकाे मिलेमतोमा मलको अवैध धन्दा भइरहेको रहेछ ।” यसको गहिराई सम्म अनुसन्धान हुन्छ । अबका दिनमा यसरी व्यापारीलाई बढी मल दिने प्रकृया राेक्ने र दाेषीलाई हदैसम्म कानुनी कार्वाही हुने  गौतमले प्रतिबद्धता जनाए ।

प्रमुख गौतमले उक्त कार्यालयका कर्मचारी र व्यापारी दुवैलाई राखेर छलफल गरिने बताउदै सत्य तथ्य के हो?  छिटै पत्ता लगाउने विश्वास व्यक्त गर्नु भएको छ।  अब नियम विपरीत कुनै पनि सहकारी वा संस्थालाई मल नदिन कार्यलय प्रमुखलाई निर्देशन दिदै प्रत्येक दिन वितरण भएकाे  रेकर्ड आफुलाई उपलब्ध गराउन समेत आदेश दिनु भएको हो ।

कुनै पनि कृषि सहकारीले आफ्नो क्षेत्राधिकार बाहिर मल बिक्रीवितरण गर्न पाउने छैन । तर श्रेष्ठले वर्षौ देखि साे धन्दा चलाउदै आउनु भएको छ। कृषि मन्त्रालयका प्रतिनिधिहरु सहितकाे उपस्थितिमा उक्त मल बनेपाको उग्रचण्डि पेट्रोल पम्प अगाडिबाट समातिएको बनेपा प्रहरीले जानकारी दिएको छ।

Skip to toolbar