पनौती देखि नमोबुद्द सम्म शान्ति पद यात्रा सम्पुर्णमा हार्दिक निमन्त्रणा संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितीको आयोजनामा जिल्ला समन्वय समितीको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न !! जिल्ला समन्वय समिति काभ्रेपलान्चोक र सन्चारिका समुहको संयुक्त आयोजनामा शुभकामना मिति २०८०/०५/१५ गते जिल्ला सभा सम्पन्‍न लम्पि स्किन’रोग सम्बन्धी बिमा कम्पनीहरुसंग छ्लफल पछि गरिएका निर्णयहरु ! विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई नामक अन्तरक्रियात्मक कार्यक्रम पनौती त्रिवेणी नागरिक सरसफाई अभियानको SEE-2079 Outstanding Award Program 2080, PABSON, Kavrepalanchok. नेपाल स्वास्थ्यका लागि पानी (नेवा) कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी सरकारी जागीरबाट अवकाश बिदाइ कार्यक्रम काभ्रेमा लम्पी स्किन बाट पशुलाई कसरी बचाउने भन्ने बिषयमा छ्लफल कार्यक्रम । एरोपोनिक प्रविधि बाट रोग रहित काम लागतमा उन्नत जातको कागती को बिरुवा रोप्ने कार्यक्रम होमस्टे, होटल तथा रिसोर्टका संचालकहरुलाई…………….

मिति २०७९ असार २२ गतेका दिन ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड,२०७७ को दफा ९(१) बमोजिम गठित जिल्ला अनुगमन समितिका निर्णयहरु

प्रेश विज्ञप्‍ति

  मिति २०७९ असार २२ गतेका दिन ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड,२०७७ को दफा ९(१) बमोजिम गठित जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख श्री दिपक कुमार गौतमको अध्यक्षतामा बसेको जिल्ला अनुगमन समितिको बैठकबाट देहायबमोजिम निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

  1. विकास निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिट्टी, वालुवा लगायतका साधरण निर्माणमुखी नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन, भण्डारण, विक्री वितरण, आपूर्ति तथा मूल्य निर्धारण लगायतका प्रक्रियाको सम्बन्धमा जिल्लामा भइरहेको गतिविधि र सोको यस अघि जिल्लास्तरबाट भएको अनुगमन तथा अनुगमन प्रतिवेदनहरुमाथि छलफल तथा समीक्षा गरियो ।

 

  1. जिल्लामा दर्ता भएका, अनुमति लिएका, संचालनमा रहेका, बन्द भएका लगायत नदीजन्य तथा खानीजन्य साधारण निर्माणमुखी पदार्थ उत्खनन्, प्रशोधन र संकलन गर्ने उद्योगहरुको अध्यावधिक विवरण स्थानीय तहहरु, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्‍व कार्यालय, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालयबाट माग गर्ने ।

 

  1. बुदाँ नं. २ बमोजिमको अध्यावधिक विवरण प्राप्‍त भएपछि जिल्ला अनुगमन समितिमा छलफल गरी आवश्यकता र प्राथमिकताका आधारमा समयबद्ध कार्ययोजना बनाई समितिले अनुगमन गर्ने ।

 

  1. ढुङ्गा, गिट्टी, वालुवा लगायतका साधारण निर्माणमुखी नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन तथा व्यवस्थापनको नियमित अनुगमन गर्न र सोको प्रतिवेदन आवधिकरुपमा जिल्ला अनुगमन समितिलाई समेत उपलब्ध गराउन स्थानीय तहहरुलाई अनुरोध गर्ने ।

 

  1. ढुङ्गा, गिट्टी, वालुवा लगायतका साधारण निर्माणमुखी नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन, प्रशोधन तथा विक्री वितरणका लागि संचालित उद्योगले नियमानुसार दर्ता गर्नुपर्ने, अनुमति प्राप्‍त गर्नुपर्ने तथा नविकरण गर्नुपर्ने लगायतका शर्तहरु पुरा नगरी कुनै उद्योग संचालनमा रहे नरहेको तथा यसअघि जिल्ला अनुगमन समितिबाट अनुगमनको क्रममा उद्योगले पालना गर्नुपर्ने तोकिएका शर्त र सीमा पूरा नगरेको वा उल्लंघन गरेको आधारमा संचालनमा रोक लगाइएका वा बन्द गरिएका उद्योगहरुको सम्बन्‍धमा स्थानीय तहको अनुगमन समितिबाट अनुगमन गरी अध्यावधिक विवरण पठाउन स्थानीय तहहरुलाई अनुरोध गर्ने ।
  2. ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को दफा ९(१४) बमोजिम जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउनुपर्ने तोकिएबमोजिमको प्रशासनिक खर्च यथाशीघ्र उपलब्ध गराउन स्थानीय तहहरुलाई अनुरोध गर्ने ।
  3. विकास निर्माण कार्यमा प्रयोग हुने साधारण निर्माणमुखी नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन, भण्डारण, विक्री वितरण, ढुवानी, आपूर्ति लगायतका प्रक्रियामा उद्योगहरुले ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ तथा प्रचलित कानूनबमोजिम तोकिएका कतिपय शर्त एवं सीमा पालना नगरेको, कतिपय उद्योगहरु नियमानुसार गर्नुपर्ने नवीकरण समेत नगरी संचालनमा रहेको, अनधिकृत रुपमा खोला तथा संवेदनशील क्षेत्रमा मेशिनको प्रयोग हुनेगरेको जस्ता जनगुनासो व्यापक रुपमा आउनु गरेको छ ।साथैँ, यसअघि ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापनको अनुगमनका लागि गठित जिल्ला अनुगमन समितिबाट अनुगमन गर्दा क्रुटी देखिएका उद्योगहरुको हकमा त्रुटी सच्याउन दिएको सुझाव तथा पृष्ठपोषण कार्यान्वयन गर्न समेत कतिपय उद्योगहरुले तदारुकता नदेखाएको पाइएको छ ।यसका कारण प्राकृतिक श्रोतको अनियन्त्रित दोहन भई वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा समेत नकारात्मक असर पर्ने देखीएको छ । तसर्थ, विषयवस्तुको गाम्भीर्यता र भविष्यमा आउनसक्ने विभिन्‍न चुनौतीहरुसमेतलाई दृष्टिगत गरी नदीजन्य तथा खानीजन्य साधारण निर्माणमुखी पदार्थको उत्खनन्, संकलन तथा व्यवस्थापनका लागि प्रचलित कानूनबमोजिम तोकिएकाम मापदण्ड, शर्त तथा सीमाहरुको पालना गर्न गराउन सम्बद्ध उद्योगी, व्यवसायी तथ अन्य सरोकारवालाहरुलाई सार्वजनिकरुपमा अनुरोध गर्ने, साथैं तोकिएको मापदण्ड, शर्त तथा सीमाहरुको पालना नगर्ने, अनुगमन समितिले दिएका सुझाव एवं निर्देशन पालना गर्न अटेरी गर्ने तथा प्राकृतिक श्रोतको अनियन्त्रित र अनियमित दोहनमा संलग्न भएको पाइएमा सार्वजनिकीकरण गरी प्रचलित कानूनबमोजिम कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने ।

 

                                                       ……………..

                                                    (दिपक कुमार गौतम)

                                                            प्रमुख

                                              जिल्ला समन्वय समिति, काभ्रेपलाञ्‍चोक

 

 

                                

 

Skip to toolbar