अव जिल्ला समन्वय समितिको सूचना तथा समाचार नयाँ वेव साइटमा जिल्ला समन्वय समिति काभ्रेपलान्चोकमा समन्वय अधिकारी पिताम्बर पाण्डेज्यूलाई स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको फेरि भेटौला कार्यक्रम जिल्लाका सबै स्थानीय तहहरुलाई विपद्को पूर्व तयारीमा जुट्न आग्रह सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन विषयक कार्याशाला गोष्ठी । मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको समुद्घाटन समारोह १४औं अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको हार्दिक मंगलमय शुभकामना बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को बिविध कार्यक्रमको संगालो बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को दोश्रो दिन बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को समुद्घाटनमा सम्माननिय राष्ट्रपति राम चन्द्रपाैडेलज्यू बोल्नु हुदै। सम्पुर्णमा हार्दिक निमन्त्रणा बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० का लागि पत्रकार सम्मेलन बनेपामा ।। कृषि ज्ञान केन्द्र , काभ्रेबाट अनुदान प्राप्त गरेका अनुदान ग्राहिहरुसंग महोत्सवको तयारी बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० का लागि करुणा मार्गका उधोगी व्यावसायिकहरु संग अन्तरक्रिया कार्यक्रम ।। अन्तर्राष्ट्रिय काभ्रेपलान्चोक सेवा समाजको तेस्रो महाधिवेशलाई भर्चुअल मिटिङ मार्फत सम्बोधन गर्दै ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान, २०७९ को सफलताको शुभकामना

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान, २०७९ को सफलताको शुभकामना

लैङ्गिक हिंसा विरूद्ध मनाइने १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १०, २०२२ को अवसरमा नेपालसहित विश्‍वभरका सम्पूर्ण दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 सन् १९८१ मा ल्याटिन अमेरिकाको डोमिनिकल गणराज्यबाट शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानले अन्तराष्ट्रियस्तरमा तीन दशक पार गरिसकेको छ भने नेपालमा सन् १९९७ देखि सञ्‍चालन हुदै आएको छ । नेपालमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मिति २०७९/8/09 देखि २०७९/0८/24 गते सम्म सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा बिरुद्धको अभियान भन्‍ने नाराका साथ आजबाट शुरु भएको छ ।

नेपालको संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार तथा कानूनले महिलालाई परिवार सञ्‍चालन देखि राज्य सञ्‍चालनसम्मका हरेक तहमा समान अवसर, समानता, सहभागिता, प्रतिनिधित्व र अपनत्वको   सुनिश्‍चित गरेको छ । यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक‚ छुवाछुत जस्ता महिलाद्वेषी प्रथा‚ परम्परा र अन्धविश्‍वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य छन् ।

समाजमा विद्यमान यस प्रकारका विकृति र विसंगतिका विरुद्ध परिवार र समुदाय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन, कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन,  साथै महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरूषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्नसके मात्र महिलाविरुद्ध हुने हिंसा कम गर्न सकिन्छ भन्ने मलाई लाग्दछ । यस अवसरमा‚ लैङ्‌गिक हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय‚ सामाजिक संघ-संस्था‚ नागरिक समाज तथा महिला अधिकारकर्मीहरूलाई यस अभियानले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्‍वास लिएको छु । साथै, जिल्ला समन्वय समिति, काभ्रेपलाञ्‍चोकको समन्वयमा मिति २०७९/08/23 गते धुलिखेलमा जिल्लास्थित सबै स्थानीय तह, सरकारी कार्यालयहरु तथा गैह्रसरकारी संघसंस्थाहरुको सहभागितामा आयोजना हुने कार्यक्रममा सबैको सक्रिय सहभागिताको अपेक्षा गर्दछु ।

अन्तमा‚ लैङ्गिक हिंसा अन्त्य सहित समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्‍नत समाज र राष्ट्र निर्माणमा योगदान पुर्‍याउनुहुने छ भन्‍ने विश्‍वासका साँथ अभियानको सफलताको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

        ……………….

  (दिपक कुमार गौतम)

         प्रमुख

जिल्ला समन्वय समिति, काभ्रेपलाञ्‍चोक

 

प्रेश विज्ञप्‍ति

  मिति २०७९ असार २२ गतेका दिन ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड,२०७७ को दफा ९(१) बमोजिम गठित जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख श्री दिपक कुमार गौतमको अध्यक्षतामा बसेको जिल्ला अनुगमन समितिको बैठकबाट देहायबमोजिम निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

  1. विकास निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिट्टी, वालुवा लगायतका साधरण निर्माणमुखी नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन, भण्डारण, विक्री वितरण, आपूर्ति तथा मूल्य निर्धारण लगायतका प्रक्रियाको सम्बन्धमा जिल्लामा भइरहेको गतिविधि र सोको यस अघि जिल्लास्तरबाट भएको अनुगमन तथा अनुगमन प्रतिवेदनहरुमाथि छलफल तथा समीक्षा गरियो ।

 

  1. जिल्लामा दर्ता भएका, अनुमति लिएका, संचालनमा रहेका, बन्द भएका लगायत नदीजन्य तथा खानीजन्य साधारण निर्माणमुखी पदार्थ उत्खनन्, प्रशोधन र संकलन गर्ने उद्योगहरुको अध्यावधिक विवरण स्थानीय तहहरु, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्‍व कार्यालय, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालयबाट माग गर्ने ।

 

  1. बुदाँ नं. २ बमोजिमको अध्यावधिक विवरण प्राप्‍त भएपछि जिल्ला अनुगमन समितिमा छलफल गरी आवश्यकता र प्राथमिकताका आधारमा समयबद्ध कार्ययोजना बनाई समितिले अनुगमन गर्ने ।

 

  1. ढुङ्गा, गिट्टी, वालुवा लगायतका साधारण निर्माणमुखी नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन तथा व्यवस्थापनको नियमित अनुगमन गर्न र सोको प्रतिवेदन आवधिकरुपमा जिल्ला अनुगमन समितिलाई समेत उपलब्ध गराउन स्थानीय तहहरुलाई अनुरोध गर्ने ।

 

  1. ढुङ्गा, गिट्टी, वालुवा लगायतका साधारण निर्माणमुखी नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन, प्रशोधन तथा विक्री वितरणका लागि संचालित उद्योगले नियमानुसार दर्ता गर्नुपर्ने, अनुमति प्राप्‍त गर्नुपर्ने तथा नविकरण गर्नुपर्ने लगायतका शर्तहरु पुरा नगरी कुनै उद्योग संचालनमा रहे नरहेको तथा यसअघि जिल्ला अनुगमन समितिबाट अनुगमनको क्रममा उद्योगले पालना गर्नुपर्ने तोकिएका शर्त र सीमा पूरा नगरेको वा उल्लंघन गरेको आधारमा संचालनमा रोक लगाइएका वा बन्द गरिएका उद्योगहरुको सम्बन्‍धमा स्थानीय तहको अनुगमन समितिबाट अनुगमन गरी अध्यावधिक विवरण पठाउन स्थानीय तहहरुलाई अनुरोध गर्ने ।
  2. ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को दफा ९(१४) बमोजिम जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउनुपर्ने तोकिएबमोजिमको प्रशासनिक खर्च यथाशीघ्र उपलब्ध गराउन स्थानीय तहहरुलाई अनुरोध गर्ने ।
  3. विकास निर्माण कार्यमा प्रयोग हुने साधारण निर्माणमुखी नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन, भण्डारण, विक्री वितरण, ढुवानी, आपूर्ति लगायतका प्रक्रियामा उद्योगहरुले ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ तथा प्रचलित कानूनबमोजिम तोकिएका कतिपय शर्त एवं सीमा पालना नगरेको, कतिपय उद्योगहरु नियमानुसार गर्नुपर्ने नवीकरण समेत नगरी संचालनमा रहेको, अनधिकृत रुपमा खोला तथा संवेदनशील क्षेत्रमा मेशिनको प्रयोग हुनेगरेको जस्ता जनगुनासो व्यापक रुपमा आउनु गरेको छ ।साथैँ, यसअघि ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापनको अनुगमनका लागि गठित जिल्ला अनुगमन समितिबाट अनुगमन गर्दा क्रुटी देखिएका उद्योगहरुको हकमा त्रुटी सच्याउन दिएको सुझाव तथा पृष्ठपोषण कार्यान्वयन गर्न समेत कतिपय उद्योगहरुले तदारुकता नदेखाएको पाइएको छ ।यसका कारण प्राकृतिक श्रोतको अनियन्त्रित दोहन भई वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा समेत नकारात्मक असर पर्ने देखीएको छ । तसर्थ, विषयवस्तुको गाम्भीर्यता र भविष्यमा आउनसक्ने विभिन्‍न चुनौतीहरुसमेतलाई दृष्टिगत गरी नदीजन्य तथा खानीजन्य साधारण निर्माणमुखी पदार्थको उत्खनन्, संकलन तथा व्यवस्थापनका लागि प्रचलित कानूनबमोजिम तोकिएकाम मापदण्ड, शर्त तथा सीमाहरुको पालना गर्न गराउन सम्बद्ध उद्योगी, व्यवसायी तथ अन्य सरोकारवालाहरुलाई सार्वजनिकरुपमा अनुरोध गर्ने, साथैं तोकिएको मापदण्ड, शर्त तथा सीमाहरुको पालना नगर्ने, अनुगमन समितिले दिएका सुझाव एवं निर्देशन पालना गर्न अटेरी गर्ने तथा प्राकृतिक श्रोतको अनियन्त्रित र अनियमित दोहनमा संलग्न भएको पाइएमा सार्वजनिकीकरण गरी प्रचलित कानूनबमोजिम कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने ।

 

                                                       ……………..

                                                    (दिपक कुमार गौतम)

                                                            प्रमुख

                                              जिल्ला समन्वय समिति, काभ्रेपलाञ्‍चोक

 

 

                                

 

Skip to toolbar