पनौती देखि नमोबुद्द सम्म शान्ति पद यात्रा सम्पुर्णमा हार्दिक निमन्त्रणा संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितीको आयोजनामा जिल्ला समन्वय समितीको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न !! जिल्ला समन्वय समिति काभ्रेपलान्चोक र सन्चारिका समुहको संयुक्त आयोजनामा शुभकामना मिति २०८०/०५/१५ गते जिल्ला सभा सम्पन्‍न लम्पि स्किन’रोग सम्बन्धी बिमा कम्पनीहरुसंग छ्लफल पछि गरिएका निर्णयहरु ! विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई नामक अन्तरक्रियात्मक कार्यक्रम पनौती त्रिवेणी नागरिक सरसफाई अभियानको SEE-2079 Outstanding Award Program 2080, PABSON, Kavrepalanchok. नेपाल स्वास्थ्यका लागि पानी (नेवा) कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी सरकारी जागीरबाट अवकाश बिदाइ कार्यक्रम काभ्रेमा लम्पी स्किन बाट पशुलाई कसरी बचाउने भन्ने बिषयमा छ्लफल कार्यक्रम । एरोपोनिक प्रविधि बाट रोग रहित काम लागतमा उन्नत जातको कागती को बिरुवा रोप्ने कार्यक्रम होमस्टे, होटल तथा रिसोर्टका संचालकहरुलाई…………….

विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई नामक अन्तरक्रियात्मक कार्यक्रम

 

काभ्रेमा विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई नामक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

 

जिल्ला समन्वय समिति काभ्रेले कार्यक्रममा जिल्लामा शिक्षाको अवस्था बुझ्न, विद्यार्थीहरूको समस्या र तिनको समाधानको लागि विद्यार्थीहरूबाट प्रश्न राख्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको थियो। 

विद्यार्थीहरूको प्रश्नको उत्तरका साथै समस्याको समाधानको लागि सम्बन्धित सरोकारवालाहरूलाई पनि कार्यक्रममा उपस्थित गराइएको थियो। गएको वर्षदेखि सुरु गरिएको उक्त कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको हो।

 

विद्यार्थीहरूले विद्यालयका भौतिक संरचनाको दयनीय अवस्था, विद्यार्थीको सङ्ख्यामा ह्रास आउनु, विद्यालयमा न्यूनतम स्वास्थ्य सेवा नपाउनु, शिक्षकले आफ्नो छोराछोरी निजी विद्यालयमा पढाउने कारण लगायतका विषयमा प्रश्न उठाएका थिए। 

विद्यार्थीहरूले उठाएका विभिन्न प्रश्नहरूको सम्बन्धमा सरोकारवालाहरूले उत्तर दिँदै आगामी दिनमा विद्यार्थीहरूले उठाएका समस्याहरूको समाधान गर्दै यस्तो समस्या दोहोरिन नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए। धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले विद्यार्थीहरूले उठाएका गुनासोहरू समाधानका लागि  सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएका थिए। 

 

गौतमले काभ्रेका विद्यार्थीहरूले काठमाडौंलाई नै केन्द्रित गरी शैक्षिक गन्तव्य बनाउनु दुखद भएको बताउँदै काठमाडौं विश्वविद्यालयसमेत सञ्चालनमा रहेको काभ्रे जिल्ला अबको शैक्षिक हब बनाउनुपर्ने धारणा गौतमले राखेका थिए। प्रमुख गौतमले जिल्लामा व्यवसायिक र स्वरोजगारमूलक शिक्षा प्रणाली कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाउनुपर्ने बेला आएको बताए । 

उनले सरोकारवालाहरूलाई विद्यालयमा उपलब्ध हुनुपर्ने न्यूनतम् स्वास्थ्य सेवाको बारेमा पनि ध्यानाकर्षण गराएका थिए। 

कार्यक्रममा उपस्थित ९२ विद्यालयका ९६ जना विद्यार्थीले सामुदायिक र निजी विद्यालयका समस्या, शैक्षिक गुणस्तर, विद्यार्थी, अभिभावक र शिक्षकहरूले खेल्ने भूमिकाका बारेमा जिज्ञासा राखेका थिए।

Skip to toolbar