अव जिल्ला समन्वय समितिको सूचना तथा समाचार नयाँ वेव साइटमा जिल्ला समन्वय समिति काभ्रेपलान्चोकमा समन्वय अधिकारी पिताम्बर पाण्डेज्यूलाई स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको फेरि भेटौला कार्यक्रम जिल्लाका सबै स्थानीय तहहरुलाई विपद्को पूर्व तयारीमा जुट्न आग्रह सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन विषयक कार्याशाला गोष्ठी । मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको समुद्घाटन समारोह १४औं अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको हार्दिक मंगलमय शुभकामना बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को बिविध कार्यक्रमको संगालो बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को दोश्रो दिन बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को समुद्घाटनमा सम्माननिय राष्ट्रपति राम चन्द्रपाैडेलज्यू बोल्नु हुदै। सम्पुर्णमा हार्दिक निमन्त्रणा बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० का लागि पत्रकार सम्मेलन बनेपामा ।। कृषि ज्ञान केन्द्र , काभ्रेबाट अनुदान प्राप्त गरेका अनुदान ग्राहिहरुसंग महोत्सवको तयारी बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० का लागि करुणा मार्गका उधोगी व्यावसायिकहरु संग अन्तरक्रिया कार्यक्रम ।। अन्तर्राष्ट्रिय काभ्रेपलान्चोक सेवा समाजको तेस्रो महाधिवेशलाई भर्चुअल मिटिङ मार्फत सम्बोधन गर्दै ।

पाँचखाल नगरपालिकाको सम्पूर्ण वडाहरुको पूर्ण विवरण

वडा नं. १

वडा नं. १ साविकको अनेकोट गा.वि.स.का वडा नं १,६,७,९ मिलेर बनेको छ । यहाँको जनसंख्या महिला २१७२, पुरुष २०२८ गरी जम्मा ४२०० र ८५६ घरधुरी रहेको छ । २०७४ को स्थानीय निर्वाचनबाट अष्ठ बहादुर तामाङ वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस वडामा तामाङ, ब्राह्मण, क्षेत्रीको बसोवास रहेको छ । यस क्षेत्रका अधिकांश जनता कृषिमा निर्भर छन् । अनेकोट भ्यूटावर यस क्षेत्रको महत्वपुर्ण पर्यटकीय गन्तव्य रहेको छ ।

Population:४२००
Ward Contact Number:०१६२२७४५३

वडा नं. २

वडा नं. २ साविक अनैकोट गा.वि.स. का २,३,४,५,८,९ मिलेर बनेको हो । यस वडाको जनासंख्या ४०८९ छन् जसमा महिला २०८७ पुरुष २००२ रहेको छ भने ८७७ घरधुरी रहेका छन् । श्री हरिराम खतिवडा २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस वडामा विशेष गरी ब्राह्मण, क्षेत्रीको बाहुल्यता रहेको छ । कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको यस वडामा आलु र धान मुख्य रूपमा उत्पादन हुन्छ ।

Population:४०८९
Ward Contact Number:०१६२२७४५३

वडा नं. ३

पाँचखाल नगरपालिकाको वडा नं. ३ साविक पाँचखाल गा.वि.स. ४ र ५ मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या २५४५ रहेकोमा १२७३ पुरुष र १२७२ महिला र ५७८ घरधुरी रहेको छ । तराई जस्तै समथर भू-भाग रहेको यस वडामा पनि कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ । श्री सुन्दर अधिकारीले २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित भई जिम्मेवारी सम्हाल्नु भएको छ ।

Population:२५४५
Ward Contact Number:०११४९९४५८

वडा नं. ४

पाँचखाल नगरपालिकाको वडा नं. ४ साविक पाँचखाल गा.वि.स. वडा नं. ६ अन्तर्गत रहेको थियो । यस वडाको जम्मा जनसंख्या ३१७८ रहेको छ जसमा १५९७ पुरुष र १५८१ महिला छ भने ७२३ घरधुरी रहेको छ । यस वडाले बजार क्षेत्र समेट्छ । श्री सुन्दर तामाङ २०७४ को स्थानीय तह निर्वाचन बाट वडा अध्यक्ष पदमा निर्वाचित हुनु भई कार्यभार सम्हाल्नु भएको छ । बाहुन, क्षेत्री, दनुवार आदिको वसोवास रहेको यस वडामा बजार क्षेत्र पर्ने हुनाले वाक्लो वस्ती हुनुका साथै वसाईसराई गरी आउनेहरुको पनि बाक्लो बसोवास छ ।

Population:३१७८
Ward Contact Number:०११४९९३८८

वडा नं. ५

पाँचखाल नगरपालिकाको वडा नं. ५ साविक गा.वि.स. वडा नं. १,२,३ मिलेर बनेको हो । यस वडाको जम्मा जनसंख्या २६५४ रहेको छ जसमा १२८९ पुरुष र १३६५ महिला र ५९९ घरधुरी रहेको छ । श्री बालकृष्ण सापकोटा २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । अरु वडामा जस्तै यस वडामा पनि कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको छ । बाहुन, क्षेत्री, तामाङ आदिको वसोवास रहेको यस वडामा हरियाली भएको भिरालो जमिन रहेको छ । अरनिको राजमार्गले छुने यस क्षेत्रमा होटेल व्यवसाय पनि बढ्ने क्रममा छ ।

Population:२६५४
Ward Contact Number:०१६२२७४५२

वडा नं. ६

वडा नं. ६ साविक पाँचखाल गा.वि.स. ७,८,९ मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या ३९६१ मध्ये १९४६ पुरुष र २०१४ महिला रहेका छन् । १११० घरधुरी रहेको यस वडामा श्री रामशरण दुलालले २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । बाहुन, क्षेत्री, दनुवार आदिको मुख्य रूपमा बसोबास रहेको यस वडामा कृषि मुख्य पेशा रहेको छ ।

Population:३९६१
Ward Contact Number:०११४०७०३८

वडा नं. ७

पाँचखाल नगरपालीकाको वडा नं. ७ साविक होक्सेबजार गा.वि.स. वडा नं. १,२,३ मिलेर बनेको हो । यस वडाको जम्मा जनसंख्या २२७४ मध्ये ११२५ पुरुष र ११४८ महिला रहेको छ । ४७३ घरधुरी रहेको यस वडामा बाहुन, क्षेत्री, सार्कीको बाहुल्यता रहेको छ । श्री पुष्कर ढकाल २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । अन्य वडामा जस्तै यस वडामा पनि कृषि नै जिविकोपार्जनको मुख्य पेश रहेको छ ।

Population:२२७४
Ward Contact Number:०१६२०१४५१

वडा नं. ८

पाँचखाल नगरपालिकाको वडा नं. ८ साविक होक्से बजार गा.वि.स. वडा नं. ४,५,६,७,८ र ९ मिलेर बनेको हो । यस वडाको जनासंख्या ३५३५ मध्ये १८०५ पुरुष र १७३० महिला रहेका छन । यस वडामा जम्मा ७०८ घरधुरी रहेको छ । श्री सञ्जय तामाङ्ग २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । यस वडामा तामाङ्ग, ब्राह्मण, क्षेत्री र दनुवार आदिको बसोबास रहेको छ । प्रायजसो सबै जनता कृषिमा नै निर्भर रहेका छन ।

Population:३५३५
Ward Contact Number:०१६२२७४५४

वडा नं. ९

पाँचखाल नगरपालिका वडा नं. ९ साविक साठ्ठीघर गा.वि.स. वडा नं. १ देखि ९ सम्म मिलेर बनेको हो । यस वडाको जनसंख्या ३३७७ मा पुरुष १६६१ र महिला १७१६ रहेको छ । ७७९ घरधुरी रहेको यस वडाले बजार क्षेत्र समेटेको छ । श्री किरण श्रेष्ठ २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । विशेष गरी ब्राह्मण, क्षेत्री, नेवार आदिको बसोबास रहेको यस क्षेत्रका जनता कृषि लगायत विभिन्न पेशामा आवद्ध छन । यस वडामा प्रसिद्ध शक्तिपिठ श्री पलाञ्चोक भगवती माताको मन्दिर छ जहाँ विभिन्न पर्वमा भक्तजनको ठुलो भिड हुन्छ ।

Population:३३७७
Ward Contact Number:०१६२२७४५६

वडा नं. १०

पाँचखाल नगरपालिकाको वडा नं. १० साविक देवभुमी बालुवा गा.वि.स. ८ अन्तर्गत पर्दछ । यस वडाको जम्मा जनसंख्या २११७ रहेकोमा पुरुष १००४ र महिला १११२ रहेको छ । ४८७ घरधुरी रहेको यस वडामा श्री नारायण प्रसाद सापकोटा २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । अधिकांश जमिन भिरालो भएको हुँदा यस वडामा खेति योग्य जमिनको कमी छ ।

Population:२११७
Ward Contact Number:०१६२२७३६०

वडा नं. ११

पाँचखाल नगरपालिकाको वडा नं. ११ साविक खरेलथोक गा.वि.स. वडा नं. १ देखि ९ सम्म मिलेर बनेको छ । यस वडाको जनसंख्या २८५५ रहेकोमा पुरुष १४५६ र महिला १३९५ रहेको छ । ६८१ घरधुरी रहेको यस वडामा श्री शिव शरण लामा २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो ।

Population:२८५५
Ward Contact Number:०१६२२७४६०

वडा नं. १२

पाँचखाल नगरपालिकाको वडा नं. १२ साविक देवभुमी वालुवा गा.वि.स. वडा नं. १,२,३,४,५,६,७,८,९ वडाहरु मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या ४७२१ रहेकोमा पुरुष २४३२ र २२२८ महिला छन् । १०१४ घरधुरी रहेको यस वडामा श्री गोपाल बहादुर दनुवार २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । दनुवार जातिको बाहुल्यता रहेको यस वडामा धान र आलु मुख्य कृषि उत्पादन रहेको छ ।

Population:४७२१
Ward Contact Number:०१६२००४६२

वडा नं. १३

पाँचखाल नगरपालिका वडा नं. १३ साविक कोशीदेखा गा.वि.स. वडा नं. १ देखि ९ सम्म मिलेर बनेको छ । यस वडाको जम्मा जनसंख्या २५०५ रहेकोमा पुरुष १२०४ र महिला १३०१ छन् । ४९६ घरधुरी रहेको वडा नं. १३ मा श्री शुकुविर तामाङ्ग २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको हो । सुनकोशी नदी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको यस वडामा नदीको बेंसीमा कृषिजन्य खेतीको उत्पादन बढी हुन्छ । मुख्य रूपमा तामाङ्गहरुको वसोवास रहेको यस वडामा ब्राह्मण, क्षेत्री, मगर आदि जातजातिहरुको पनि वसोवास रहेको छ ।

Population:२५०५
Ward Contact Number:०१६२००४६०


Skip to toolbar