संक्षिप्त परिचय
काभ्रेपलाञ्चोक जिल्ला नेपालको मध्य पूर्वी पहाडी भू-भागमा अवस्थित जिल्लाहरु मध्येको एक हो।देशको प्रशासनिक विभाजन अनुसार यस जिल्ला बागमती प्रदेशमा पर्दछ । यो जिल्ला ८५0२४। देखि ८५0४९। पूर्वी देशान्तर २७0२०। देखि २७0४५। उत्तरी अक्षांशमा फैलिएको छ । समुन्द्र सतहदेखि २८० मिटर(कोखाजोर खोला) देखि ३०१८ मिटर (बेथानचोक नारायण डाँडा) सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १३९६ बर्ग किलोमिटर रहेको छ ।यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा जिल्ला, पश्चिममा ललितपुर, भक्तपुर र काठमाण्डौ, उत्तरमा सिन्धुपाल्चोक र दक्षिणमा सिन्धुली र मकवानपुर जिल्लाहरु पर्दछन् ।देशको राजधानी काठमाडौंबाट पूर्वमा रहेको यस जिल्लाको मूख्य प्रवेशद्धार साँगा २१ कि.मी.को दुरीमा रहेको छ भने जिल्ला सदरमुकाम धुलिखेल ३० कि.मी.को दुरीमा रहेको छ ।
संघियता कार्यान्वयन संगै यस काभ्रेपलाञ्चोक जिल्लालाई ६ नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ स्थानीय तह तथा सो अन्तरगत १३५ वडाहरु, २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।