ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्ड,2077 को दफा 9(1) मा व्यवस्था भएको नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धि प्रकृयाको अनुगमन गर्न गठित जिल्ला स्तरिय अनुगमन समिति काभ्रेपलाञ्चोक द्वारा मिति 2081/10/09 गते भएको निर्णय बमोजिम गठन गरिएको अनुगमन कार्यदलले स्थलगत अनुगमन पश्चात तयार पारेको प्रतिवेदन मिति 2082/06/31 गते शुक्रबारका दिन जिल्ला अनुगमन समिति समक्ष हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।